मलेसिया जाने नेपाली कामदारमाथि लगाइएको अतिरिक्त शुल्क खारेजीको तयारी

काठमाडौं । सरकारले मलेसिया जाने नेपाली कामदारमाथि लगाइएको अतिरिक्त शुल्क खारेज गर्ने भएको छ । मलेसियामा नयाँ सरकार बनेलगत्तै सरकारले यो तयारी थालेको हो । श्रम मन्त्रालयले भिसा शुल्क पनि खारेज गर्न कूटनीतिक पहल भएको छ । श्रममन्त्री गोकर्ण विष्टले मलेसिया जाने नेपाली कामदारहरुमथि विभिन्न नाममा अतिरिक्त शुल्क लिने कार्यको अब अन्त्य हुने बताए ।