अध्यक्षमा निर्वाचित भए कोमल श्रेष्ठ मल्ल साहित्य विकास परिषद यूकेमा

लण्डन – बेलायतस्थित नेपालीहरुको जेठो साहित्यिक संस्था नेपाली साहित्य विकास परिषद यूके(१९९५)को २३औँ साधारण सभाले आगामी दुई बर्षका लागि एघारौ कार्य समितिको गठन गरेको छ ।

वयस्ट लण्डन, एक्टन स्थित ABI कलेजको समारोह हलमा बसेको परिषद्को २३औ वार्षिक साधारण सभाले कोमल श्रेष्ठ मल्लको अध्यक्षतामा १३ सदस्यीय एघारौ कार्य समितिको निर्वाचन सम्पन्न गरेको हो ।

यस अघि ३० अप्रिलबाट थालनिभएको निर्वाचन प्रक्रियामा निर्विरोध उम्मेद्वारी परेको जानकारी दिदै निर्वाचन समितिका प्रमुख कृष्ण भट्टले निर्विरोध निर्वाचित पदाधिकारीहरुको नाम साधारण सभामा घोषणा गर्नु भएको थियो । नव निर्वाचित अन्य पदाधिकारीहरुमा वरिष्ठ सहअध्यक्षमा ध्रुब केसी,सहअध्यक्षहरुमा डा.गोपाल पौड्याल,गोकुल भण्डारी,रेशम अर्याल छन् भने उपाध्यक्षहरुमा बाचस्पति रेग्मी, डा.सुधा श्रेष्ठ ,बसन्त रायक्षेत्री छन् ।यसैगरी महासचिवमा वीरेन्द्र कुवँर र कोषाध्यक्षमा मनोज अन्जान रहेका छन् भने कार्यकारिणी सदस्यहरुमा हरि केसी, डम्बर सिंह र कल्पना आङ्बुहाङ छन् ।

यसैगरी परिषदको अधिकार सम्पन्न ९ सदस्यीय सल्लाहकार समितिको वरिष्ठ सल्लाहकारमा डा.राघव प्रसादधिताल र सल्लाहकारहरूमा परिषदका संस्थापक तथा निवर्तमान अध्यक्ष सुरेशजंग शाह, पूर्व अध्यक्षहरू हरिसिँह थापा र खगेन्द्र नेपाली, मदन थापा,घन बहादुरथापा मगर, कृष्ण भट्ट, सोलिसिटर राजुथापा र कमल भण्डारी चयन भएका छन् भने बेलायतका लागि नेपाली राजदूत पदेन संरक्षक रहने वैधानिक व्यवस्था रहेको छ ।

परिषदको साधारण सभालाई सम्वोधन तथा निर्वाचित पदाधिकारीहरूलाई वधाई ज्ञापन गर्दै परिषदका पदेन संरक्षक महामहिम राजदूत वरिष्ठ साहित्यकार डा. दुर्गा बहादुर सुवेदीले बेलायतमा नेपाली साहित्यको इतिहास बोकेको नेपाली साहित्य विकासपरिषदले उदाहरणिय कार्यहरू गरिरहेको आफूले पाएको र नव निर्वाचित कार्यसमितिले अँझ बढाएर लैजाने विस्वास ब्यक्त गर्नुभयो ।

शुभकामना मन्तव्य दिने अन्य वक्ताहरूमा परिषदका संस्थापक तथा निवर्तमान अध्यक्ष सुरेश जंग शाह, पूर्व अध्यक्ष द्वय हरिसिँह थापा ,खगेन्द्र नेपाली र सल्लाहकार तथा कासेली संस्थापक अध्यक्ष मदन थापा लगायत नवनिर्वाचित अध्यक्ष कोमल प्रसाद श्रेष्ठ मल्ल र प्रमुख निर्वाचन अधिकृत कृष्णभट्टले सम्वोधन गर्दै सहभागिता र सहयोगका लागि धन्यवात ज्ञापन गरेका थिए भने स्वागत भाषण उपाध्यक्ष बाचस्पति रेग्मीले गरेका थिए ।

यस अघि प्रथम चरणको सभामा महासचिव डा.सुधा श्रेष्ठले प्रस्तुत गरेकी वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्षको तर्फबाट वरिष्ठ सहअध्यक्ष कोमल श्रेष्ठ मल्लले प्रस्तुत गरेका आर्थिक प्रतिवेदन माथि आवस्यक छलफलपछि पारित गरिएको थियो ।

सभामा प्रमुख अतिथि परिषदका संरक्षक महामहिम राजदूत डा.दुर्गा बहादुर सुवेदीबाट कवि साहित्यकार हरिसिँह थापाको “लण्डनदेखि चार धाम सम्म “ यात्रा संस्मरण पुस्तकको लोकार्पण गर्नुका साथै श्री हरि सिँह थापालाई नम्रताको कार्डिगन कथासंग्रहका लागि प्रदान गरिएको एन एल डिसि साहित्य पुरस्कार पदकबाट पनि सुशोभन गर्नु भएको थियो ।

दुई चरणमा रहेको उक्त साधारण सभामा प्रथम चरणको सभापतित्व परिषदका संस्थापक तथा निवर्तमान हुनलाग्नु भएका अध्यक्ष सुरेश जंग शाहले र महासचिव डा.सुधा श्रेष्ठले संचालन गरेका थिए भने दोस्रो चरणको अध्यक्षता प्रमुख निर्वाचन अधिकृत कृष्ण भट्टले र संचालन नव निर्वाचित महासचिव वीरेन्द्र कुवरले गरेका थिए ।

कार्यक्रमको अन्त्यमा भएको जलपानको प्रायोजन नव निर्वाचित वरिष्ठ सहअध्यक्ष ध्रुव केसी र सहअध्यक्ष द्वय गोकुल भण्डारी र रेशम अर्यालबाट भएको थियो भने समारोह हल प्रायोजन ABI कलेजका प्रोप्रइटर कृष्ण भट्टबाट भएको थियो ।