नायिका पूजा शर्मा अमेरिका उड्ने तयारीमा

सुदर्शन थापाको ब्यानरको मात्र चलचित्र खेलेकी पुजा शर्माले यसपटक भने यसभन्दा बाहिरी ब्यानरको चलचित्रमा काम गर्न लागेकी छिन् । सुदर्शन र पुजाले मिलेर निर्माण गरेको नयाँ चलचित्र ‘रामकहानी’ भदौ २२ गते रिलिज हुँदैछ । यसै बीचमा नायिका शर्माले नयाँ चलचित्रमा साइन गरेकी छिन् ।

सुरज सुब्बा ‘नाल्बो’ निर्देशक रहेका यस चलचित्रको नाम भने फाइनल भैसकेको छैन चलचित्रमा नायक दयाहाङ राई पूजाको जोडीको रुपमा हुने प्रवल संभावना छ साथै मोडल माला लिम्बु पनि चलचित्रमा हुनेछिन् ।

चलचित्रको ७० प्रतिशत छायांकन अमेरिकामा सुरु हुनेछ| नायिका पूजा शर्माले काहानी निकै मनपरेको कारणले यसमा काम गर्न लागेकी बताउदै कथाले मन छोएको बताइन् ।