भक्तपुर–भक्तपुरको सल्लाघारीमा दुई मोटरसाइकल एक आपसमा ठक्कर खाँदा एकको मृत्यु भएको छ। छ लेन सडकअन्तर्गत सल्लाघारीबाट कमलविनायक जाँदै गरेको बा२३प ३८०४ नम्बर र नगरकोटबाट काठमाडौँ जाँदै गरेको बा५७प ८४०९ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको हो।
मृत्यु हुने बा५७प ८४०९ नम्बरको मोटरसाइकल चालक महामञ्जुश्री नगरकोट नगरपालिका–५ बागेश्वरीका १९ वर्षका जयराम फुँयाल हुन्। मध्यपुर अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको महानगरीय प्रहरी परिषर भक्तपुरका प्रहरी नायब उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए।
अर्का मोटरसाईकल चालक मध्यपुर थिमि बोडेका वर्ष २४ का अजय श्रेष्ठ सामान्य घाइते भएको उनले जानकारी दिए। रासस






