तेस्रो लिङ्गीलाई हाम्रो समाजमा वर्षौंदेखि तिरस्कारको नजरले हेरिन्छ । उनीहरुलाई हाम्रो समाजले न अरुसरह बराबरीको दर्जा दिन चाहन्छ न कुनै विशेष अधिकार । यद्यपि कानुनले भने अहिले उनीहरुलाई आफ्नो छुट्टै पहिचानसहितको अधिकार दिएको छ । प्रकृतिले उनीहरुलाई यस्तै बनाएको भए पनि उनीहरु हाम्रो समाजकै हिस्सा हुन् भन्ने हामी बिर्सन्छौं ।
पछिल्लो समय यस्तै एक तेस्रो लिङ्गीको चर्चा चुलिएको छ । भारतको मणिपुरकी यी तेस्रो लिङ्गीलाई संसारकै सुन्दर तेस्रो लिङ्गी दावी गरिएको छ । उनका तस्वीर हेर्दा उनी निकै सुन्दर भएको प्रस्ट हुन्छ । यी तेस्रो लिङ्गीको नाम विशेष हुइरेम हो । उनी यतिसम्म सुन्दर छिन् कि उनका अगाडि फिल्मका हिरोइन पनि कम देखिन्छन् । एक रिपोर्टका अनुसार थाइल्याण्डमा एक प्रतियोगितामा भाग लिन पुगेपछि हुइरेमको चर्चा चुलिएको हो । फेशनमा ग्रयाजुएट हुइरेम मणिपुरको फिल्ममा सबैभन्दा धेरै पारिश्रमिक लिने कलाकारमध्ये पर्छिन् । एजेन्सी






