आयरल्याण्डको स्प्रिंग च्यम्पिओनशिप भलिबल प्रतियोगितमा नेपाली टोलीको सान्दार जित

डब्लिन । आयरल्याण्डको किल्डेर शहरमा भएको एक दिवसीय स्प्रिंग च्यम्पिओनशिप भलिबल खेलमा नेपाली टोलीले जित हासिल गरेको छ ।

उक्त नेपाली टोलीमा नेपाली भलिबल खेलाडीहरु मिलन छन्त्याल , मिलन श्रेष्ठ , गणेश गुरुङ लगाएतका खेलाडीहरु थिए भने उक्त खेलको आयोजकमा किल्डेर फिलिपिनो सोसाइटी आयरल्याण्डले गरेको थियो ।

समाचार प्रतिनिधि संग कुरा गर्दै नेपाली टोलीका भलिबल खेलाडी प्रतिनिधि मिलन छन्त्यालले नेपाली टोलीले आफ्नो उत्कृस्ट खेल प्रस्तुत गरेको बताएका छन् । उक्त खेलले नेपालीको पहिचान स्थापित हुन मद्दत मिलेको कुरा अर्का खेलाडी गणेस गुरुंगले बताए ।

उक्त खेलमा पोल्याण्ड , ब्राजिल , मंगोलिया ,नेपाल ,आयरल्याण्ड, फिलिपिन्स लगाएतका देशका खेलाडीहरुले भाग लिएका थिए ।

यसैगरि गैर आवासीय नेपाली संघ आयरल्याण्डले आफ्ना नेपाली उत्कृस्ट खेलाडीहरुले नेपाल र नेपालीको शिर उच्च बनाएकोमा हार्दिक बधाई ज्ञापन गरेको छ ।