मोदीको अभिनन्दनमा ओली नजाने

जनकपुरधाम- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जनकपुरमा प्रदान गरिने अभिनन्दनपत्र चार भाषामा तयार गरिँदैछ।

नेपाली, मैथिली, हिन्दी र अंग्रेजी भाषमा लेखिएका अभिनन्दनपत्र जनकपुर उपमहानगरपालिका प्रमुख लालकिशोर साहले मोदीलाई एक समारोहबीच प्रदान गर्नेछन् ।

कुनै पनि मुलुकका प्रधानमन्त्रीलाई सम्भवतः पहिलोपटक काठमाडौंबाहिर नेपालका प्रधानमन्त्रीले स्वागत गर्न लागेका छन् ।

मोदीलाई स्वागत गर्न काठमाडौंबाट जनकपुर आउने प्रधानमन्त्री केपी शर्मा ओली नागरिक अभिनन्दन सामारोहमा भने सहभागी हुने छैनन् ।