लन्डन– बेलायतमा नेपाली चलचित्र ‘तिमी संग’ प्रदर्शन हुने भएको छ ।
साम्राज्ञी राज्यलक्ष्मी शाह , आकाश श्रेष्ठ र नाजिर हुसेन अभिनित फिल्म ‘तिमी सँग ’ सपन इन्टरटेनमेन्ट लिमिटेडले बेलायतमा प्रदर्शन गर्न लागेको हो ।
अल्डरसटमा आगामी ४ मे, शुक्रबार साँझ ७ बजे देखी एम्पाएर हलमा फिल्म प्रदर्शन गर्न लागेको र उक्त फिल्म हेर्नको लागि १० पाउन्ड टिकेट रहेको आयोजक सपन कुमार राईले जानकारी दिए ।
शिशिर रानाले निर्देशन गरेको यो चलचित्रमा साम्राज्ञी राज्यलक्ष्मी शाह , आकाश श्रेष्ठ , नाजिर हुसेन र सुनिल बिक लगायतको पनि मुख्य भूमिका रहेको छ।
चलचित्रले ३ अपरिचित पात्रको यात्रा, प्रेम, विछोड ,कमेडी र विदेशमा हुर्किएकी यूवति नेपालमा आएपछि यहाँको हावापानीले कसरी परिवर्तन हुन्छे भन्ने कथालाई प्रस्तुत गरेको छ ।
हेर्नुहोस चलचित्र ‘तिमी संग’ को ट्रेलर :






