पौडेल पक्षीय नेताले बहिष्कार गरेपछि कांग्रेस बैठक २१ गतेसम्मका लागि स्थगित

sfFu|]; s]Gb|Lo sfo{ ;ldltsf] a}7s g]kfnL sfFu|]; s]Gb|Lo sfof{no ;fg]kfdf z'qmaf/ z'? ePsf] s]Gb|Lo sfo{ ;ldltsf] a}7sdf ;efklt z]/axfb'/ b]pjf, jl/i7 g]tf /fdrGb| kf}8]n, dxfdGqL 8f zzf+s sf]O/fnfnufot kbflwsf/L tyf s]Gb|Lo ;b:ox? . t:jL/ M /f]zg ;fksf]6f, /f;;

काठमाडौँ- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक वैशाख २१ गते सम्मका लागि स्थगित भएको छ ।

बिहान ८ बजे बोलाइएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको निर्वाचित सदस्यहरुको बैठक साढे ११ बजे स्थगित भएको जानकारी दिइएको हो । कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बैठक २१ गते २ बजेसम्मका लागि स्थगित भएको जानकारी दिए । पदाधिकारी मनोनयका लागि बस्न लागेको बैठक शीर्ष नेताहरुको बीचमा कुरा नमिल्दा स्थगित भएको हो ।

देउवाले बैठकमा उपसभापति, महामन्त्री र सहमहामन्त्रीको नाम प्रस्ताव गर्ने र बैठकले पारित गर्ने तयारी गरेको भए पनि तीनै जना देउवाले आफ्ना निकटकालाई बनाउन खोजेपछि समस्या उत्पन्न भएको हो ।

विधानमा महाधिवेशन भएको २ महिनाभित्र पदाधिकारीलगायत सवै निकायमा मनोनयन गरिसक्नुपर्ने व्यवस्था भए पनि देउवाले २६ महिनापछि बल्ल पदाधिकारी मनोनयनको तयारी गरेका हुन । बैठकमा पौडल पक्षीय नेताहरु उपस्थित भएनन् ।