२६ सय लाठी बरामद : गृह

काठमाडौं, फाल्गुन १६ । गृह मन्त्रालयले निषेधाज्ञा उल्लंघन गर्दै प्रदर्शनकारीले नयाँ बानेश्वरमा सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्दा १६ जना सुरक्षाकर्मी घाइते भएको जनाएको छ । सोक्रममा नेपाल प्रहरीका उपरीक्षकसहित ९ जना र सशस्त्र प्रहरीका ७ जना घाइते भएको गृह मन्त्रालयले शनिबार विज्ञप्तिमार्फत् जनाएको हो ।
गृह प्रवक्ता लक्ष्मीप्रसाद ढकालले जारी गरेको विज्ञप्तिमा सुरक्षाकर्मीले बाध्य भइ २१ सेल अश्रुग्यास प्रयोग गरेको जनाइएको छ । प्रहरीले चेकजाँचका क्रममा नयाँ बानेश्वरबाट २ हजार थान तथा नागढुंगा नाकाबाट ६ सय थान लाठी बरामद गरेको जनाइएको छ ।