काठमाडौं- गृह मन्त्रालयले एकै पटक ६० जिल्लाका प्रमुख जिल्ला अधिकारी सिडिओको सरुवा गरेको छ ।
सरुवामा पर्नेमा सहायक प्रमुख जिल्ला अधिकारी समेत रहेका छन । गृह मन्त्रालयका सहसचिव लोकनाथ पौडेललाई पर्साको सिडिओ बनाएर पठाइएको छ ।
झापाका सीडीओ ऋषिराम तिवारीलाई कैलाली सरुवा गरिएको छ भने पर्साका सीडीओ विनोदप्रकाश सिंहलाई क्षेत्रीय प्रशासन कार्यालय सुर्खेत पठाइएको छ ।








