पत्रकार महासंघ प्रतिष्ठान प्रदेश अध्यक्षमा अधिकारी

काठमाडौं– नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश अध्यक्षमा शेखर अधिकारी निर्विरोध निर्वाचित भएका छन् । महासंघ निर्वाचत समितिका सदस्य बालकृष्ण बस्नेतका अनुसार अधिकारीसहित सबै पद निर्विरोध भएको छ । कान्तिपुर दैनिकमा सहायक वरिष्ठ उपसम्पादक रहेका अधिकारी १८ वर्षदेखि पत्रकारितामा छन् । २०५७ सालमा मोरङको मोफसल साप्ताहिकबाट पत्रकारिता सुरु गरेका अधिकारीले सप्तकोशी एफएम इटहरी, ब्लाष्ट टाइम्स दैनिक धरान, अनलाइनखबर डट कम र कान्तिपुर दैनिकमा रहेर पत्रकारिता गरेका छन् ।

प्रतिष्ठान प्रदेश उपाध्यक्षमा बोमलाल गिरी र कालिका शिवाकोटी, सचिवमा उद्धवकुमार कार्की र सन्चुकुमारी लामा, कोषाध्यक्षमा सरोज कोइराला निर्वाचित भए । सदस्यहरुमा केशवप्रसाद बोहरा, जयराम गौतम, नरेन्द्र मानन्धर, सीमा शर्मा, हरिभक्त आचार्य, यसिमा महत, रुक्मिणी पोखरेल, कमलाकुमारी बिक (रसाइली), बेदबहादुर रानामगर, दीपेन्द्रकुमार कर्ण र रुबि रौनियार निर्वाचित भएका छन् ।