काँग्रेस बैठकमा आज यूवाहरुको संयुक्त प्रस्ताव, प्रस्तावमा के छ ?

g]sfF ;+;bLo bnsf] a}7s g]kfnL sfFu|]; ;+;bLo bnsf] sfof{nodf zlgaf/ a;]sf] ;+;bLo bnsf] a}7sdf g]sfF ;efklt z]/axfb'/ b]pjf, jl/i7 g]tf /fdrG› kf}8]n, dxfdGqL 8f z+zfs sf]O/fnf nufot ;xefuLx? . tl:a/M /f]zg ;fksf]6f, /f;;

काठमाडौं- काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ ।

आजको बैठकमा यूवा सदस्यहरूका तर्फबाट संयुक्त प्रस्ताव पेश गर्ने तयारी छ ।

निर्वाचन समीक्षाका लागि चलिरहेको बैठकमा प्रस्तुत गर्नका लागि पाँच बुँदे प्रस्ताव तयार भएको केन्द्रिय सदस्य कल्याण गुरुङले बताए । उनले भने-पाँच बुँदा छन् । व्याख्या लामो छ ।

प्रस्तावमा अग्रिम महाधिबेशनको माग गरिएको छ ।

संयुक्त धारणामा सांगठनिक स्वरुप,निर्वाचन पराजय र विधान विपरीत गठित समितका विषयमा चर्चा गरिएको बताइएको छ ।

चैत ९ देखि जारी बैठकको शुरु देखि चर्चामा रहेक यूवा सदस्यहरुको सामूहिक लिखित प्रस्तावमा कति सदस्यको धारणा हुने बारे अझै टुंगो लागिसकेको छैन ।

केन्द्रीय सदस्य प्रदीप पौडेलले भने -२२ युवा सदस्यको सामूहिक धारणा बनाउन खोजिएको हो तर २२ सदस्य नपुग्न पनि सक्छन् ।

युवा सदस्यहरुको धारणाहरू एकत्रित गरी आजको बैठकमा पेश गरिने गुरुङले बताए ।

काँग्रेस केन्द्रीय कार्यसमिति बैठकमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पार्टी पराजयका कारणबारे समीक्षा जारी छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा हिजो भएको आठौँ दिनको बैठकमा छ जना केन्द्रीय सदस्यले निर्वाचनमा पार्टी पराजयका सम्बन्धमा आआफ्ना धारणा राखेका थिए ।

गत चैत ९ गतेदेखि शुरु भएको केन्द्रीय समितिको बैठक चैत १६ गते दलका नेता खुमबहादुर खड्काको निधन भएपछि स्थगन गरिएको थियो ।
त्यसअघि छ दिनसम्म चलेको बैठकमा ४४ केन्द्रीय सदस्यले निर्वाचनमा दलको हारका सम्बन्धमा आफ्ना धारणा व्यक्त गरेका थिए ।

चैत १६ गतेको सातौँ दिनको बैठक भने नेता खड्काप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै सम्पन्न भएको थियो । अन्य बैठकमा केन्द्रीय सदस्यले दलको नेतृत्वको कार्यशैलीका कारण निर्वाचनमा हार व्यहोर्नु परेका सम्बन्धमा पक्ष÷विपक्षमा तर्क गर्नेक्रम जारी छ ।