काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मे २१ मा नेपाल भ्रमणमा आउने भएका छन् । हिन्दुस्तान टाइम्सले यो समाचार लेखेको छ ।
नेपाल र भारतका अधिकारीहरुले भ्रमणको तयारी गरिरहेको बताइएको छ । मोदी जनकपुरसमेत जाने कार्यक्रम रहेको समाचारमा छ ।
२०१४ को सार्क सम्मेलनका बेला मोदी जनपुर जान चाहेका थिए । मोदीको यो तेस्रो नेपाल भ्रमण हुनेछ ।
संविधान जारीपछि भने यो उनको पहिलो भ्रमण हुनेछ । शुरुमा भारतले नेपालको संविधानलाई स्वागत गरेको थिएन् । यसअघिको भ्रमणमा मोदी जनकपुर जाने कार्यक्रम अनितम समयमा रोकिएको थियो ।
भारतले प्रधानमन्त्रीमा निर्वाचित भएपछि केपी शर्मा ओलीलाई भारत भ्रमणको निम्तो दिएका थिए । ओलीले चैत २३ गतेदेखि २५ गतेसम्म तीन दिने राजकीय भ्रमण गरेका थिए ।






