एनआरएन उपाध्यक्ष आचार्य भए कुश्मा नगरपालिकाका वैदेशिक सल्लाहकार

लन्डन– एनआरएन उपाध्यक्ष आचार्यलाई पर्वतको कुश्मा नगरपालिकाले वैदेशिक सल्लाहकार मनोनयन गरेको छ । पर्वतको धाइरिङमा जन्मिएका आचार्यलाई पत्र लेख्दै नगरपालिकाका मेयर रामचन्द्र जोशीले वैदेशिक सल्लाहकार मनोनयन गरेको जनाएका छन् ।

कुश्मा नगरपालिकाको वृहत्तर विकास र समृद्ध नगर बनाउन आचार्यबाट पूर्ण सहयोग प्राप्त हुने नगरपालिकाको विश्वास छ । वैदेशिक सल्लाहकारको हैसियतले राष्ट्रिय तथा अन्तर्राष्ट्रियरुपमा नगरको तर्फबाट आधिकारिक प्रतिनिधित्व गर्न आचार्यलाई आधिकारिकता प्रदान गरिएको पत्रमा उल्लेख छ ।

गृहजिल्लाको शिक्षा, स्वास्थ्यसहितका परोपकारी काममा खर्च गर्दै आएका आचार्यले नगरपालिकाले वैदेशिक सल्लाहकारमा नियुक्त गरेकोमा खुसी व्यक्त गर्दै सम्मान र आत्मीयताका लागि धन्यवाद दिएका छन् ।