काठमाडौं– मिस नेपाल २०१७ ताज निकिता चन्दक जितेकी छिन् । शुक्रबार सम्पन्न फाइनल प्रतिस्पर्धा १८ प्रतिस्पर्धीलाई पछि पार्दै नितिले मिस नेपालको ताज पहिरिएकी हुन् ।
होटल अन्नपूर्णमा भएको प्रतिस्पर्धामा मिस नेपाल अर्थ रोजिना श्रेष्ठ, मिस नेपाल इन्टरनेशनल निति शाह र मिस एशिया प्यासिफिक इन्टरनेशनल सहारा बस्नेत भइन् । यस विधा मिस नेपालमा पहिलो पटक थपिएको हो ।






