भेनेजुयलाको कारागारमा झडपपछि आगलागी हुँदा ६८ जनाको मृत्यु

लन्डन । भेनेजुएलाको भ्यालेन्सिया शहरमा रहेको एक कारागार र त्यससँगैको प्रहरी चौकीमा थुनुवा र सुरक्षाकर्मीबीचको झडप र त्यसपछिको आगलागीमा ६८ जनाको ज्यान गएको छ । भ्यालेन्सिना शहरमा रहेको कारागार र त्यससँगैको प्रहरी चौकीमा अकस्मात दंगा फैलिएपछि त्यहाँ आगलागी सुरु भएको थियो । कतिपयको आगोमा जलेर ज्यान गएको छ ।

केही आगलागीको घटनामा परेर तथा अरु कतिपय आपसी हानाहानमा परेर ज्यान गुमाएका छन् । झपड र दंगामा कम्तीमा पनि ६८ जनाले ज्यान गुमाएको अन्तराट्रिय समाचार संस्थाले जनाएका छन् ।