डब्लिनमा एनआरएन युके महासचिब त्रिपाठी र उपाध्यक्ष न्यौपाने सम्मानीत

लण्डन । आयरल्याण्डको डब्लिनमा एन आर एन युकेका महासचिब आरके त्रिपाठी र उपाध्यक्ष ललित न्यौपानेलाइ आयोजकले सम्मान गरेका छन् ।

गैर आबशिय नेपाली संघ आयरल्याण्डले सोमबार आयरल्याण्डका अध्यक्ष नाबराज कोइरालाको अध्यक्षतामा डब्लिनमा  एक बिशेष कार्यक्रम सम्पन्न गरेको छ  । गैर आबासिय नेपालीहरूको सम्बृद्ध नेपाल बनाउन भूमिका बिषयक Iकार्यक्रममा बिशेष अथितिको  रुपमा  गैर आबशिय नेपाली संघ  बेलायतका महासचिब आर. के त्रिपाठी एबम उपाध्यक्ष ललित न्यौपाने लाई बिशेष सम्मान  गरीएको हो ।

कार्यक्रमलाई बिशेष सम्बोधन गर्दै गैर आबशिय नेपाली संघ युकेका महासचिब आर. के . त्रिपाठीले  नबबर्ष २०७५  को शुभकामना दिदै  आपशी भातृत्व ,सम्मान , बिश्वास, एक्यबध्यता कायम गर्दै गैर आबशिय नेपालीको हितको लागि यबम नेपालको आर्थीक बिकाशमा सामुहिक लगानी गर्न जोड दिनु भयो । त्रिपाठीले एक पटकको नेपाली नागरिक सदैब नेपाली नागरिक हुने प्रकृया संबिधानमा लेखिएको र कानुन  बनाइँ पूर्ण गर्न हाम्रो आन्दोलन अगाडी बढेको बताउनु भयो ।

त्रिपाठीले विदेशमा रहेको सम्पुर्ण युवाहरुको प्रतिभा बिकाश गर्न र  प्रतिभालाई  समाजमा ल्याई दिन  आह्वान गर्नु भयो  ।त्रिपाठीले हामीले जानेका भाषा, कला, ज्ञान  नेपाल मा स्थान्तरण गर्न जोड दिदै बौद्धिक स्थान्तरण गरि नेपाल को आर्थिक बिकाशमा सहयोग पुर्र्याउन आग्रह गर्नुभयो  ।

 

बिशेष अथिति आसन ग्रहण गर्दै गैर आबशिय नेपाली संघ  बेलायतका उपाध्यक्ष ललित न्यौपानेले  बेलायत एबं  आयरल्याण्डको गैर आबशिया नेपाली बीचको भावनात्मक एकतालाई अगाडी बढाई संयुक्त रुपमा कार्यक्रमहरू ल्याउन आह्वान गर्नु भयो ।

गैर आबशिय नेपाली संघ आयरल्याण्डका अध्यक्ष नवराज कोइरालाले गैर आबशिय नेपाली संघ पछिल्लो परिस्थितिमा नया ढंग ले बिशेष कार्यक्रम ल्याई अगाडी बढ्नु पर्ने, नेपाल को सम्बृद्धिलाई  भएका ज्ञान , सिप कला , पुजी दिनु पर्ने बताउनु भयो ।कोइरालाले बिगत देखि आज सम्म सहयोग  गर्नु हुने सम्पूर्णलाइ  धन्यवाद ज्ञापन गर्दै गैर आबसिय  नेपाली संघ   बेलायतका उपाध्यक्ष एबं महासचिबलाई  स्वागत गर्न पाउदा खुशी लागेको ब्यक्त गर्दै भविष्यमा साझा एजेन्डामा गैर आवासीय नेपाली संग बेलायत संग सहकार्य गर्न इस्छुक रहेका  धारणा ब्यक्त गर्नु भयो  ।

 

सम्रक्षक  एबं गैर आबशिय नेपाली  संघ आयरल्याण्डका पूर्व अध्यक्ष तथा नेपाल पर्यटन बोर्डका आयरल्याण्ड का लागि पर्यटन दुत   गणेश प्रसाईले नाबबर्ष २०७५ को हार्दिक शुभकामना ब्यक्त गर्दै गैर आबशिय नेपाली संघ  बेलायत सग सहकार्य गर्न इस्च्छुक रहेको बताउदै सामुहिक लगानीको बाताबरण बनाउन अझै ठुलो बिश्वास एबंकार्यक्रम  लाइ गैर आवाशीय नेपाली हरुलाई परिचालन गर्न  पाउन पर्ने बताउनु भयो I सम्रक्षक गणेश प्रसाईले गैर आबशिय नेपाली संघ  बेलायत सग सहकार्य गर्न ईस्छुक  रहेको बताउनु भई बेलायतको सक्रियता लाई बिषेस धन्यवाद दिनु भयो ।

 

 

गैर आवाशीय नेपाली  संघका पूर्व अध्यक्ष, सम्रक्षक एबं नेपाली जन सम्पर्क समिति आयरल्याण्डका अध्यक्ष शुक्रराज न्यौपानेले गैर आबशिय  नेपालीहरुको हक हित एबम  एजेन्डा साकार पार्न  नेपाली जन सम्पर्क समिति आयरल्याण्ड सदैब तयार रहेको बताउदै गैर आबशिय नेपाली नेपाली संघ बेलायतका उपाध्यक्ष ललित न्यौपाने एबं  महासचिब   आर. के. त्रिपाठीलाई सहकार्यको लागि बिशेष धन्यवाद दिनु भयो  ।

निकट भबिस्यमा गैर आबाशीय नेपाली संघ आयरल्याण्ड र गैर आबाशीय नेपाली संघ  बेलायतले संयुक्त रुमपा एक बिशेस च्यारिटी गर्ने प्रतिबद्धता जाहेर भएको छ ।

 

कार्यक्रम मा गैर आबाशीय नेपाली संघ आयरल्याण्डका उपाध्यक्ष लोक त्रिपाठी , महासचिब उज्वल ह्योम्बा , सचिब बिबेक राज सापकोटा , युथ को-अडीनेटर प्रविन कोइराला ,सास्कृतिक संयोजक तथा राष्ट्रिय कलाकार अनिश भण्डारी,  सल्लाहकार जीवन तिमल्सिना,सदस्यहरू  सुनिता कार्की ,अबिध्य पाणी गौतम ,रवि बोगटी, शोभना अधिकारी,यम उप्रेती,  छेत्रीय को-अडीनेटर श्री कृष्ण भण्डारी तथा गलवे बाट राजकुमार महत को पनि उपस्थिति थियो।