लण्डन । लोकप्रिय कवि नवराज पराजुली बेलायतमा सम्मानीत भएका छन् । नेप्लिज ब्रिटिश कम्युनिटी (एनबिसी) को आयोजनामा लन्डनस्थित ग्रिन्फोर्ड टाउन हलमा गत मार्च १० शनिबार साँझ सम्पन्न ” लन्डन कविता कम्सर्ट २०१८” प्रस्तुति गर्न आएका लोकप्रिय कवि नवराज पराजुलीलाई आयोजकले सम्मान गरेका छन् ।
मंगलबार सांझ लण्डनको वेम्बलीमा एक कार्यक्रम बीच कवि पराजुलीलाई सम्मानसहित बिदाई गरेको हो ।
कार्यक्रममा कवि पराजुलीले बेलायत भ्रमणको अनुभव आफ्नो लागि निकै सुखद र महत्वपुर्ण रहेको भन्दै आयोजकप्रति कृतज्ञता प्रकट गरे ।द्धन्द्धपीडित बालबालिकाको सहयोगार्थ आयोजित कविता कन्सर्टमा सहभागी हुन पाएकोमा आफु गौरवान्वित भएको उनले बताए ।
कार्यक्रमका संयोजक रामशरण सिंखडाले कविता कन्सर्ट गरेर च्यारिटीका लागि कोष उठाउने निकै चुनौतिपुर्ण कार्यक्रम भएपनि सफल भएकोमा खुसी ब्यक्त गरे ।
एनआरएन केन्द्रीय उपाध्यक्ष कुल आचार्यले ऐतिहासिक कन्सर्टबाट गैरआवासीय नेपालीहरुमाझ नेपाली भाषा, साहित्यको प्रबद्र्धनको लागि महत्वपुर्ण योगदान रहेको जनाए ।
एनबिसी यूकेका संयोजक मिलन घिमिरेले सबैको सहयोगबाट कार्यक्रम सफल भएको भन्दै सबै सहयोगीलाई धन्यवाद ज्ञापन गरे ।
एनबीसी यूके सचिव चुरामणी रेग्मीले सञ्चालन गरेको उक्त कार्यक्रममा संस्थापक अध्यक्ष कमल पौडेल, पूर्व अध्यक्ष गंगा राना,कन्सर्टका सहसंयोजक तथा एनबिसी यूके सल्लाहकार कृष्ण तिमल्सेना एबं एनआरएन यूके भाषा, साहित्य विभाग संयोजक नारायण गाउंले लगायतले शुभकामना मन्तव्य व्यक्त गरे ।
कन्सर्टका मिडिया पार्टनर लण्डन नेपाल न्यूज डटकमका सम्पादक शिव भण्डारीले प्रत्यक्ष प्रसारणमा तयार पारेको स्थलगत भिडियो रिपोर्ट-






