गोर्खा कल्चरल नाइटका लागी ‘ निता’ र ‘प्रिती’ लण्डनमा

13680771_10206792086453150_3810484126483152693_nलण्डन । बेलायतका १२ स्थानमा यही ३० तारिख शनिबारदेखि हुन लागीरहेको गोर्खा कल्चरल नाइट २ का लागी चर्चित लोक गायक प्रिति आले र नायिका निता  पोख्रेल  लण्डन उत्रिएका छन् । उनीहरु आज बेलायत पुगेका हुन् ।

कलाकारहरुलाई आयोजक ब्रिटिस गोर्खा नेपाली परिषदका पदाधिकारीहरुले  हिथ्रो बिमान स्थल मा स्वागत का लागि पुगेका संगठनका अध्यक्ष एकराज नेम्बाङ बिभागीय प्रमुख  बिष्णु गुरुङ, रोमियन वोनेम,सल्लाहकार रविन गुरुङ, एन्डोभर प्रतिनिधि सुबाश राइ, विन्चेस्टर प्रतिनिधि सप्तराज राइ लगायत समाजसेबी हरुले भब्य स्वागत गरेका थिए ।
गोर्खा भर्ती सुरु भएको २०० बर्ष पुगेको उपलक्षमा स्थापित ब्रिटिश गोर्खा नेपाली परिषदले कल्चरल नाइट-प्रथम को भब्य सफलता पछी यस वर्ष दुइ पटक सङ्स्कृतिक समर सङ्स्करण प्रोग्राम गर्न सफल भएको हो ।
साहित्य, संगीत, कलाकारिता, पत्रकारिता र खेलकुद क्षेत्रमा क्रियासिल यो सस्था ले २०१७ बाट यो ५ क्षेत्रमा ‘ब्रिटिश गोर्खा एवार्ड’ प्रदान गर्दै छ ।13775550_271088936605963_5538961040297960355_n
१२ स्थान मा हुने गोर्खा कल्चरल नाइट-२ को लागि भब्य तयारी भएको छ । २९ जुलाई मा फेल्थाम कम्युनिटी कलेज बाट उड्घाटन हुने पोग्राम मा चर्चित गायक रामजी खाड लगायत चर्चित डान्सर तथा मोडल अनिता लिम्बु को पनि प्रस्तुनी हुनेछ ।  स्वागत गरेका छन् । गोर्खा कल्चरल नाइटका लागी नेपालबाट आएका चर्चित कलाकार तथा बेलायतमा नै रहेका कलाकारहरुले प्रस्तुती दिन लागी रहेको संगठनका अध्यक्ष एकराज नेम्बाङ ले लन्डन नेपाल न्यूज डट कम संग को कुराकानी मा बताउनु भयो  ।

१२ स्थानमा हुन लागेको कार्यक्रम चर्चित लोक गायक रामजी खाँड, डान्सर अनिता लिम्बुले पनि बेजोड प्रस्तुती दिने कार्यक्रम रहेको छ । 13770346_271088859939304_8841542346541678636_n