प्रधानमन्त्री पनि पुगे विमानस्थल

काठमाडौं- विमान दुर्घटनाको अबस्था बुझ्न प्रधानमन्त्री केपी शर्मा ओली पनि विमानस्थलमा पुगेका छन् ।

चालक दलका ४ सदस्यसहित ७१ जना सवार युएस बंगलाको एयर क्राफ्ट सोमबार दिउँसो अवतरणका क्रममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त भएको थियो ।

विमान दुर्घटनावारे जानकारी दिन गृहमन्त्री रामबहादुर थापा बादल विमानस्थप पुगेका छन् ।

उनीसँगै उद्योगमन्त्री मात्रिका यादव पनि गएका छन् ।