लन्डन– नेपाली जनसम्पर्क समिति यूकेले बैठक बोलाएको छ । नयाँ कार्यसमिति चयन भएपछि विविध विषयमा छलफल गर्न बैठक बोलाइएको सभापति युवराज गुरुङले जानकारी दिए ।
बैठकमा विगतका कामको समीक्षा, भावी रणनीति बारे छलफल हुने सभापति गुरुङले बताए ।
आगामी १० मार्च मध्यान्ह १२ बजेदेखि ३ बजेसम्म साउथ ह्यारोको गोल्डेनसिप रेस्टुराँमा बैठक हुनेछ । ३ बजेपछि भने नेपाल विद्यार्थी संघ (नेविसंघ)का पूर्व अध्यक्ष तथा कांग्रेस केन्द्रीय सदस्य गोविन्द भट्टराईसँग अन्तर्क्रिया कार्यक्रम हुने छ ।
आइतबार गर्ने भनिएको अन्तरक्रिया कार्यक्रम प्रतिकुल मौसमका कारण १० मार्चका लागि सारिएको हो । भट्टराई शनिबार लन्डन आइपुगेका छन् ।
उनलाई विमानस्थलमा नेपाली जनसम्पर्क समिति बेलायतका सभापति युवराज गुरुङ, पूर्वसभापति लोक गुरुङ, एनआरएनए आईसीसी उपाध्यक्ष कुल आचार्य, बेलायतस्थित कांग्रेस नेताहरु विश्वआदर्श पण्डित, विजन भट्ट, चिरञ्जीवी ढकाल युवा समाजसेबी हेम गुरुङ लगायतले स्वागत गरेका थिए ।






