एनआरएन यूएईको चौथौ बैठक संस्थागत तथा भाबी कार्ययोजना सम्बन्धि विविध निर्णय गर्दै सकियो

लन्डन । गैर आवासीय नेपाली संघ रास्ट्रीय समन्वय परिषद युएईको चौथो बैठक गत शुक्रबार सम्पन्न भएको छ। उक्त बैठकले बिभिन्न निर्णय र बिगतका कार्यक्रमका बारेमा समिक्षा समेत गरेको थियो। बैठकमा अधिबेशन पश्चात भएका कार्यको संक्षित जानकारी गराउदै अहिले सम्मको कार्यहरु गैरआबसिय नेपाली संघ युएईले सफल रुपमा एकदमै सकारात्मक ढंगले गरेको र अझै शसक्त र सकारात्मक भएर काम गर्ने निर्णय गर्दै भाबी योजना सार्बजनिक गरिएको छ।

जस अनुरुप गैरआवासीय नेपाली संघ रास्ट्रीय समन्वय परिषद युएईले आगामी मार्च २ तारिक होली पर्बको बिशेष अबसर पारेर युएईमा होलि बिशेष कार्यक्रम आयोजना गर्ने र उक्त कार्यक्रम आफसी संबन्ध बिस्तार, संस्कृति संरक्षण तथा प्रबर्दन गर्ने हेतु युएईमा क्रियाशिल सम्पूर्ण संघ संस्थालाई आमन्त्रण गरिने भएको छ। उक्त कार्यक्रमको संयोजन गर्नका निमित्त उपाअध्यक्ष नेत्र शर्मा लाइ संयोजक तोकिएको छ।