एनआरएन हङकङद्धारा  महिला, बालबालीका तथा समाज कल्याण मन्त्री थापालाई बधाई

लन्डन । गैर आवासीय नेपाली संघ (एनआरएन ) हङकङले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारमा महिला, बाल बालिका तथा समाज कल्याण मन्त्री बनेकी थममाया थापालाई बधाई ज्ञापन गरेको छ । एनआरएन हङकङ अध्यक्ष राधिका गुरुङ (टिका ) को  नेतृत्वमा  गएको टोलीले मन्त्री थापालाई कार्यकाल सफलताको शुभकामनासहित बधाई ज्ञापन गरेको हो ।  सो अवसरमा मन्त्री थापाले नेपाली महिलाहरुको हक हितको लागि आफूले कुनै पनि कशुर बाँकि नराख्ने बताइन् ।