नेकपा एमाले र माओवादीबीचको एकताप्रति प्रवासी नेपाली मञ्च यूकेको स्वागत

लन्डन । प्रवासी नेपाली मञ्च यूकेले नेपालमा वाम गठबन्धनबीच भएको एकताको स्वागत गरेको छ । उसले नेकपा एमाले र नेकपा एमाओबादीबीच भएको एकताको घोषणा प्रती स्वागत गरेको हो । प्रवासी नेपाली मंच युकेका अध्यक्ष रोजेन्द्र पुडासैनीले एक प्रेस बिज्ञप्ति जारी गर्दै स्वागत तथा शुभकामना दिनुभएको हो ।

नेपालका प्रमुख दुई कम्युनिष्ट पार्टीकाबीच भएको यस ऐतिहॉंसिक घोषणाले २०१८ साल देखी छिन्न भिन्न भएका कम्युनिष्ट आन्दोलनलाई एकजुट गरी नेपालको बिकास र सम्बृध्दीको नेतृत्ब बामपंथीहरूलाई सुम्पेको मात्र नभई शान्तिपूर्ण रूपमा कम्युनिष्ट हरूले निर्बाचन मार्फत जनबादी क्रान्ति सम्पन्न गर्न सक्छन भनेर बिश्व कम्युनिष्ट आन्दोलनलाई एक अनुभव समेत प्रदान गरेको छ, पुडासैनीले जारी गर्नुभएको बिज्ञप्तिमा भनीएको छ, पार्टी एकताको यस महान अबसरमा समाजबादको सुगम यात्राको लागी संपूर्ण बामपंथी, प्रगतिशील तथा देशभक्त शक्तीहरूलाई हार्दिक शुभकामना तथा बधाई टक्र्याउन चाहन्छौं।