एमाले–माओवादी एकतावारे यस्तो आयो कांग्रेसको धारणा

g]sf s]Gb|Lo ;ldltsf] a}7s k|wfgdGqL Pj+ kf6L{ ;efklt z]/axfb'/ b]pjfsf] ;efkltTjdf g]kfnL sfFu|]; s]Gb|Lo sfo{;ldltsf] a}7s k|wfgdGqL lgjf; afn'jf6f/df laxLaf/ ljxfg a:b} . tl:a/ M /f]zg ;fksf]6f, /f;;

काठमाडौं– दुई ठुला कम्युनिष्ट पार्टी एमाले र माओवादीबचिको एकतालाई कांग्रेसले स्वागत गरेको छ ।

काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले लोकतन्त्र दलहरुको विभाजनले नभई एकताले बलियो हुने भएकाले एमाले माओवादी एकतालाई काँग्रेसले स्वागत गरेको प्रतिक्रिया दिए ।

मंगलबार विहान कुरा गर्दै प्रवक्ता शर्माले भने,‘पार्टी फुट्नुभन्दा जुट्नु सुखद पक्ष हँुदैहो, अहिले एमाले र माओवादी एकताका लागि अन्तिम अवस्थामा छन् हामी उनीहरुलाई शुभकामना र बधाई दिन्छौँ ।’

प्रवक्ता शर्माले निर्वाचनअघि नै शान्ति, स्थिरता र सम्बृद्धिका नाममा दुई पार्टीले मत मागेकाले अव त्यो पुरा गरेर देखाउन समेत आग्रह गरे । ‘हामी दुई पार्टीको एकतालाई स्वागत गर्दै विगतमा जनतासँग गरेका बाचा पुरा गरेर देखाउँन आग्रह गर्छौँ । ’

काँग्रेसले दुई दलबीचको सहमति अनुसार सरकारको नेतृत्वमा गरिएको भनिएको पालैपालो नेतृत्वको सवालप्रति भने उदेश्यमा पुग्न सहज नहुने बताएको छ ।

‘एकता हुदै गर्दा स्थिरताको सन्दर्भमा कति गम्भिरता रहन्छ र व्यवहारत लागु हुन्छ त्यो प्रश्नको विषय भएको छ’ कांग्रेस प्रवक्ता शर्माले भने ।