५ नम्बर प्रदेशमा ३ सदस्य मन्त्रीमण्डल विस्तार

बुटवल- प्रदेश नम्बर ५ को मुख्यमन्त्रीको रुपमा नेकपा एमालेका शंकर पोखरेलले सपथ ग्रहण गरेका छन् ।

उनले बुटवलमा रहेको सडक डिभिजन कार्यालयको सभागृहमा शपथग्रहण गरेका हुन् ।
संबिधानको धारा १३८ को उपधारा ९ बमोजिम प्रदेश ३ सदस्यीय मन्त्री मण्डल गठन गरिएको हो ।

बुधबार प्रदेश प्रमुख उमाकान्त झाले पोखरेललाई मु्ख्यमन्त्रीको नियुक्तिपत्र प्रदान गरेका थिए ।

पोखरेल नेकपा एमाले र नेकपा माओवादी केन्द्र को समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।

मुख्यमन्त्री पोखरेलले शपथग्रहण गरेलगत्तै आज नै सानो आकारको मन्त्रिपरिषद् गठन गरिएको छ ।

मुख्य मन्त्री पोखरेलले आन्तरीक मामिला तथा योजना मन्त्रालय, उधोग पर्यटन बन तथा वातावरण मन्त्रालय, भुमि ब्यवस्थापन कृषि तथा सहकारी मन्त्रालय र समाजिक बिकास मन्त्रालय सम्हालेका हुन् ।

। यस्तै माओवादीका कुल प्रसाद केसीले आन्तरीक मामिला तथा कानुन मन्त्रालय, एमालेका बैजनाथ चौधरीले भौतिक पुर्वाधार बिकास मन्त्रालय सम्हालेका छन् ।

मुख्यमन्त्री पोखरेललाई प्रदेश प्रमुख उमाकान्त झाले सपथ ग्रहण गराएका हुन् भने मन्त्रीहरु केसी र चौधरीलाई मुख्य मन्त्री पाखरेलले सपथ ग्रहण गराएका हुन । यसअघि हिजो सभामुखमा पूर्णबहादुर घर्तीले सपथ ग्रहण गरीसकेका छन् ।

सपथ ग्रहण कार्यक्रम पछि बोल्दै प्रदेश नम्बर ५ का मुख्य मन्त्री पोखरेलले आर्थिक समृद्विको लागी कार्य गर्ने बताउँदै प्रदेश नम्बर ५ लाई भएका उद्योग , पर्यटन लाई बिषेश ध्यान दिने बताए । उनले अव प्रदेश सरकारले निजी क्षेत्र तथा अन्तर प्रदेशदेयीय सम्वधलाई विस्तार गर्दे काम गर्ने बताए ।