लन्डन । बेलायती एक मन्त्री नेपाल भ्रमणमा जाने भएका छन् । बेलायत सरकारमा सेनासम्बन्धी मामिला हेर्ने एक मन्त्रीले नेपाल भ्रमणमा जाने भएका हुन् । बेलायतका स्टेट मिनिस्टर अफ आर्म्ड फोर्सेस मार्क लांकास्टर यही फेब्रुअरी ९ देखि १३ सम्मको नेपाल भ्रमणमा जान लागेका हुन्। लण्डनस्थित नेपाली दूतावास स्रोतले उनको भ्रमण तय भएको जनाएको छ ।
भ्रमणमा बेलायती सेनाका चिफ अफ जेनेरल स्टाफ निकोलस कार्टर जानेछन् । नेपालमा रहँदा मन्त्री लांककास्टरले नेपाल सरकारका उच्च अधिकारीहरुसँग भेट गर्ने तथा नयाँ भर्ती भएका गोर्खाहरुको परेड अवलोकन गर्ने लगायतका कार्यक्रम तय भएको छ ।






