बाराको सिमरामा मालपोत र नापी कार्यालयको सेवा उपलब्ध गराउने सरकारी निर्णय उल्टिएको विरोधमा चर्किएको आन्दोलन १० औँ दिनमा आएर स्थगित भएको छ । तत्कालका लागि आन्दोलन स्थगित गरी केन्द्रीय तहमै वार्ता गर्न काठमाडौं आउने निर्णय भएको सिमरा मालपोत स्थापना सरोकार समितिले जनाएको छ ।
समितिले पत्रकार सम्मेलन गरी विज्ञप्ती मार्फत आन्दोलन हाललाई स्थगित गरेको जनाएको हो । आन्दोलन उग्र बन्दै गएपछि वार्ताको बाटो तय गरिएको बताइएको छ । यसअघि, उग्र बनेको आन्दोलन रोक्न प्रशासनले विभिन्न ठाउँमा निषेधित क्षेत्र घोषणा गरेको थियो ।
निषेघित क्षेत्र तोड्न हिजो भएको प्रदर्शन हिंसात्मक बन्दा सय जनाभन्दा बढी घाईते भएका छन् । स्थानिय राजनीतिक दलको अगुवाईमा भएको आन्दोलनमा व्यवसायी, नागरिक समाजका अगुवा र संघसंस्थाले पनि साथ दिएका थिए ।
सिमरा आसपासका १२ गाविसका जनतालाई सेवा सहज बनाउन मालपोत र नापी कार्यालयको सेवा विस्तार गर्ने निर्णय सरकारले खारेज गरेपछि विरोध चर्किएको हो । यसअघि सेवा केन्द्र सिमरामा बिस्तार गर्ने निर्णयविरुद्ध कलैयावासीले आन्दोलन गरेका थिए ।
सिमरा आन्दोलन स्थगित






