छक्का पञ्जा ‘२’ अल्डरसटको एमपायरमा हाउसफूल [तस्बिर सहित]

शिव भण्डारी

लण्डन । नेपाली चलचित्र ‘छक्का पञ्जा २’ बेलायतका दर्शकमाझ पनि सानदार प्रदर्शन सुरुवात गरेको छ ।

फेब्रुअरी ३ तारिख साँझ अल्डरसटको एमपायर हलमा भएको ‘छक्का पञ्जा २’ सोमा गैरआवासीय नेपाली संघ आईसीसी उपाध्यक्ष कुल आचार्यले शुभारम्भ गरे । उनले नेपालमाजस्तै बेलायतमा पनि ‘छक्का पञ्जा’ले राम्रो सफलता पाउने आशा व्यक्त गरे ।
बेलायतस्थित छक्का पञ्जा २’ चलचित्र प्रदर्शनका लागि आयोजक ह्याव अ मोमेन्टमा नविन गुरुङका साथै नेप्लिज इन्टरटेनमेन्ट समूहमा वीरेन खड्का, अनिल मल्लको आयोजनामा बेलायतका दर्शकमाझ फिल्म प्रदर्शन गरिएको हो। 

अल्डरसटको एमपायर हलमा छक्का पञ्जा २ हाउसफूल भएको थियो ।