काठमाडौँ — महानगरीय प्रहरी वृत्त दरबारमार्गको मुद्दा शाखाका इन्स्पेक्टर लक्ष्मण ठकुरीलाई निलम्बन गर्न सिफारिस गरिएको छ । इन्स्पेक्टर ठकुरीलाई प्रहरी परिसर काठमाडौंले प्रहरी प्रधान कार्यालयसमक्ष निलम्बनका लागि सिफारिस गरेको हो ।
इन्स्पेक्टर ठकुरीले दरबारमार्गको ल्यान्डमार्क होटलमा भएको सामूहिक बलात्कारको घटना दर्ता नगरी गुपचुपमा आर्थिक लेनदेन गरी मिलाउने प्रयास गरेका थिए। सोही मुद्दामा वृत्तका मुद्दा शाखाका सई चन्द्र भण्डारीलाई बिहीबार नै निलम्बन गरिसकेको छ।






