प्रध्यापकले किन जलाए विद्यार्थीको हात ?

एक स्कुलका प्रध्यापकले बलिरहेको मैनबत्तीमाथि जर्बजस्ती विद्यार्थीको हात राख्न लगाएर हत्केला जलाइदिएका छन्। स्कुलमा भएको चोरीका बारेमा सोधपुछ गर्न ती प्रध्यापकले विद्यार्थीको हात जलाइदिएका हुन्।

यो घटना भारतको झारखण्डस्थित चक्रधरपुरमा रहेको एक विद्यालयको हो। घटनापछि विद्यार्थीका अभिभावक आक्रोशित बनेका छन्। उनीहरुले प्रध्यापकमाथि कारबाहीको माथग गरेका छन्।

भारतीय प्रशासनले एक समिति बनाएर घटनाका बारेमा अनुसन्धान गरेर प्रध्यापक विरुद्ध कारबाहीका लागि एक मुद्दा दर्ता गरेको छ। प्रध्यापकले आफ्नो गल्ती स्वीकार गरेको प्रहरीले जनाएको छ।

 

जीइएल चर्च परिसरमा रहेको मेमेरियल स्कुलमा ४ कक्षामा पढ्ने आनन्द बोदरा नाम गरेका एक विद्यार्थीको २०० रुपैयाँ चोरी भएको थियो। जसको उजुरी विद्यार्थीले पध्यापकलाई गराएका थिए। प्रध्यापकले बच्चासँग सोधपुछ गरे तर कसैले पनि पैसा चोरी गरेको पत्ता लागेन। त्यसपछि प्रध्यापकले सबै विद्यार्थीलाई एक एक गर्दै बलिरहेको मैनबत्तीमाथि हात राख्न लगाएर भने, जसले पैसा चोरी गरेको गरेको छ उसैको मात्र हात जल्नेछ। अरु कसैको हात मैन बत्तीबाट जल्ने छैन्।

एक एक गर्दै सबै विद्यार्थीले मैन बत्तीमाथि हात राख्ने क्रममा एक बालकको हात नराम्रोसँग जल्यो। उनलाई अस्पताल नै भर्ना गर्नु परेको थियो।

हात जलेका रोशन नाम गरेका ती विद्यार्थीकी आमा शर्मिला देवी भन्छिन्, ‘हात जलेर छोरा पीडामा त छ नै तर उ एक दमै डराएको छ। उसले स्कुल जान समेत इनकार गरिदिएको छ।’ शर्मिलाका अनुसार मैन बत्तीले रोशनको मात्र नभईन अन्य केही विद्यार्थीको समेत हात जलेको छ।

बीबीसी