एमाले नेताको उम्मेदवारी किन खारेज ?

काठमाडौं- निर्वाचन आयोगले परिचयपत्र नभएकै भरमा राष्ट्रिय सभा सदस्यका अपाङ्ग उम्मेदवारी खारेज गरेको छ । राष्ट्रियसभामा वाम गठबन्धनबाट उम्मेदवार बनेका स्याङ्जा पुतलीबजारका रामबहादुर थापाको उम्मेदवारी खारेज भएको हो ।

२०५४ सालमा स्याङ्जाको जिल्ला विकास समिति सभापति बनेका थापा द्धन्द्धकालमा माओवादी आक्रमणबाट अपाङ्ग भएका हुन् । माओवादीले खुट्टा भाँचिदिएपछि उनी अहिलेसम्म बैशाखीको सहारामा मात्र हिड्डुल गर्छन् ।

एमाले नेता थापाले प्रदेश ४ बाट अपाङ्ग तथा अल्पसंख्यक कोटामा उम्मेदवारी दिएका थिए ।

थापा अपाङ भए पनि परिचयपत्र नबिकरण नभएको जनाउँदै निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरेको हो । आयोगले परिचयपत्र २०६५ पछि नविकरण गरेको हुनुपर्ने र थापाको त्यो अनुसार नहुँदा उम्मेदवारी खारेज गरिएको जनाएको छ ।

थापाले अपाङ्गता परिचयपत्र २०६४ सालसम्म मात्र नबिकरण गरेका छन् । कांग्रेसबाट राष्ट्रियसभा सदस्य उम्मेदवार बनेका तनहुँका प्रकाश पन्थले थापाको परिचयपत्र निर्देशिका अनुसार नभएको जनाउँदै निर्वाचन आयोगमा उजुरी दिएका थिए ।

आयोगले थापाकोपरिचयपत्र छानविन गरी शनिबार थापाउम्मेदवारी खारेज गरेको हो ।