नेपाल र ब्राजिलबीच पहिलो पटक परराष्ट्र सचिवस्तरमा परामर्श संयन्त्रको बैठक

लन्डन । पहिलो पटक नेपाल र ब्राजिलबीच परराष्ट्र सचिवस्तरमा परामर्श संयन्त्रको बैठक आयोजना भएको छ । ब्राजिलको राजधानी ब्रासिलियामा आज सम्पन्न बैठकमा नेपाल–ब्राजिल सम्बन्धका समग्र पक्षबारे विचारविमर्श गरिएको थियो ।

साथै पारस्परिक व्यापार, लगानी, कृषि, जलविद्युत् विकास, प्राविधिक सहयोग, शिक्षा, खेलकुद, पर्यटन प्रवद्र्धनबारे विचार आदानप्रदान भएको थियो । परराष्ट्र सचिव शंकरदास वैरागी र उनका ब्राजिली समकक्षी हेनरिक दा सिल्भिरा सार्डिना पिन्टो नेतृत्वको टोलीबीच भएको संयन्त्रको बैठकमा दक्षिण सहयोग, त्रिपक्षीय सहायता तथा बहुपक्षीय मञ्चमा सहकार्य गर्न दुवै मुलुक सहमत भएको ब्रासिलियास्थित नेपाली राजदूतावासले जनाएको छ ।