एनआरएन यूकेले गर्यो क्यान्सर पीडित क्रिस्टिनालाई ५ लाख सहयोग हस्तान्तरण

लण्डन ।  एनआरएन यूके द्वारा ब्लड क्यान्सरपीडित चार वर्षीया बालिका क्रिस्टिना सुनुवारको उपचार सहयोगार्थकालागि संकलित रकम हस्तान्तरण गरिएको छ ।

एनआरएन यूकेको राहत संकलन विभागको संयोजनमा संकलित ३ हजार ५ सय पाउण्ड नेपाल हस्तान्तरण गरिएको  हो  ।

एनआरएन यूकेको राहत विभागकी संयोजक तथा एनआरएन यूके उपाध्यक्ष सुशिला राईको संयोजनमा संकलित सो सहयोग रकम गैरआवासीय नेपाली संघ आईसीसी सदस्य सुष्मा राई, प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत, एनआरएन केन्द्रिय निवर्तमान सचिव अर्जुन कुमार श्रेष्ठ, एनआरएन केन्द्रीय सदस्य अमित चाम्लिंग, एनआरएन बेल्जियमका वरिष्ट उपाध्यक्ष कमल पन्थी, एनआरएन केन्द्रिय सचिवालयका अनिल ढुंगाना उपस्थित काठमाडौँ नर्भिक हष्पिटलमा एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको हो ।

सहयोग वितरण गर्दै आइसिसी सदस्य राईले सहयोगी हातहरु बढाउँदै लग्नुपर्नेमा जोड दिइन् । आर्थिक अवस्था कमजोर भएकाको उपचारमा सहयोग गर्नु सबै एनआरएनको कर्तब्य भएको भन्दै सहयोगको लागि अन्य निकायलाई पनि आग्रह गरिन् ।

विभागकी संयोजक तथा एनआरएन यूके उपाध्यक्ष सुशिला राईका अनुसार एनआरएन यूकेका पदाधिकारी, सदस्य, सल्लाहकारहरुका साथै बेलायतबासी सम्पुर्ण नेपालीको सहयोगमा उक्त रकम संकलन भएको हो ।

संयोजक सुशिला राई एबं एनआरएन यूकेका अध्यक्ष योग फगामी तथा महासचिव त्रिपाठीले वेलायतस्थित नेपाली समूदाय तथा सहयोगदाताहरुलाई भविष्यमा पनि परोपकारी काममा सहयोग गर्न आग्रह गर्दै धन्यवाद ज्ञापन गरेका छन् ।