‘एभरेष्ट ब्लाष्ट २’का लागि गायिका मिलन अमात्य लण्डनमा

लन्डन – ई-मिडिया हब युकेको दोश्रो साँगीतिक प्रस्तुती एभरेष्ट म्युजिकल ब्लाष्ट २ मा साँगीतिक प्रस्तुती दिन नेपालबाट गायिका मिलन अमात्य बेलायत आईपुगेकी छिन्। इ मिडिया हब युकेका कार्यक्रम संयोजक एवं इन्टरटेनमेन्ट प्रमुख किसन राईका अनुसार पहिलो कार्यक्रम अल्डरसटको एम्पाएर हलमा २७ जनवरी साँझ ६ बजे देखि शुरु हुनेछ ।

दोश्रो शो लन्डन साउथ हयारोस्थित हयारो बरो फुटबल क्लबमा २ फेब्रुअरी शुक्रबार सांझ गर्ने तयारी गरिएको छ । तेश्रो कार्यक्रम १० फेब्रुअरीमा आसफोर्ड केन्टको क्रिस्चियन फेलोशिप चर्च हल र चौंथो १८ फेब्रुअरीमा उलवीचस्थित द ट्रामसेड थियटर हलमा तय भएको छ ।

कार्यक्रममा गायिका मिलन अमात्यसहित “एभरेष्ट म्युजिकल ब्लाष्ट २” कार्यक्रममा ममता गुरुङ एभरेष्ट आईडल युके बिजेताहरु सोनाहाङ राई, निमान प्रताप लामा, दिप प्रकाश राई, सुमी राईलगायत अन्य स्थानहरुमा आयोजना हुने कार्यक्रमहरुमा आसफोर्डमा बिशेष प्रस्तुतिका लागि गायक, संगीतकार बीसी राई, गायक धन गुरुङ उलविच लण्डनमा गंगा थापा (नाम्लो ब्याण्ड) प्रमोद राज न्यौपाने, दीपक थापालगायत अन्य कलाकारहरुले समेत आफ्नो प्रसुती दिने छन्