समाचार ‘बुस्ट’ गर्न फेसबुकको नयाँ नियम

लन्डन । – सामाजिक सञ्जाल फेसबुकले समाचार बुस्ट गर्न नयाँ नियम ल्याएको छ । फेसबुकका संस्थापक एवं प्रमुख कार्यकारी अधिकृत मार्क जुकुरबर्गले न्यूज फिडमा पूर्ण विश्वसनीय समाचार स्रोतलाई प्राथमिकता दिइने घोषणा गरेसँगै नयाँ नियम आएको हो ।

‘जुन भरोसायोग्य छ त्यो प्रकाशनलाई प्रवर्द्धन गर्नेछौं। जो प्रकाशनमाथि उच्च रुपमा समुदायको भरोसा छैन् त्यसमा कमी आउनेछ,’ उनले भनेका छन्– ‘यो परिवर्तन न्यूज फिडको र्यांकिङमा देखिनेछ।’ उनका अनुसार यसको परीक्षण पहिला अमेरिकामा हुनेछ। त्यसपछि अन्तर्राष्ट्रियस्तरमा लागु गरिनेछ।