अज्ञात हवाई हमलामा अफ्रिकी मुलुक नाइजरका ३७ जनाको ज्यान गएको छ । नाइजेरिया र नाइजरको अवदम गाउँ नजिकको सीमामा मलामीमा सहभागीहरुमाथि बमबारी भएको थियो । नाइजेरियाली सेनाले ३ सय भन्दा बढी आतंकबादी समूह बोको हरामका कार्यकर्ता मारेको दाबी गरे लगत्तै बमबारी भएको बताइन्छ ।
नाइजेरियामा बोको हरामले आतंकबादी हमला तीब्र पारेपछि नाइजेरियाली सेनाले बोको हराम बिरुद्ध कारबाही तीब्र पारेको छ । नाइजेरियाको उतरपूर्वी इलाकामा पकड जमाई बसेका बोको हरामका कार्यकर्तामाथि नाइजेरियाली सेनाले गरेको आक्रमणमा थुप्रै घाइते भएका छन् । सेनाले केही कार्यकर्तालाई हतियारसहित पक्राउ गरेको छ । नाइजरमा बारम्बार अज्ञात समूहले हवाई आक्रमण गर्ने गरेका छन् ।
मलामीमाथि आक्रमण, ३७ को ज्यान गयो






