लन्डन । वरिष्ठ पप गायक ओमविक्रम विष्टको स्वास्थ्योपचारका लागि संयुक्त राज्य अमेरिकाको भर्जिनियामा सांगीतिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिने भएको छ । आर्थिक सहयोग संकलन गर्ने उद्देश्यले शनिबार सो कार्यक्रम आयोजना गर्न लागिएको जनाइएको छ ।
‘पप किङ’ विष्ट केही समयदेखि मिर्गौलासम्बन्धी रोगबाट अस्वस्थ हुनुहुन्छ । दुवै मिर्गौला प्रत्यारोपणका लागि विष्टलाई केही रकम सहयोग गर्ने अभिप्रायले इन्टरनेसनल नेप्लिज आर्टिस्ट सोसाइटी (इनास ) को आयोजनामा उक्त कार्यक्रम हुन लागेको हो ।






