काठमाडौं– मन्त्रिपरिषदको बैठक दिउँसो तीन बजेका लागि सरेको छ ।
बुधबार बिहान प्रधानन्त्री निवास बालुवाटारमा बसेको बैठक कुनै पनि निर्णय गर्न नसकी दिउँसो तीन बजेका लागि सरेको हो ।
सरकारले १ नम्बर प्रदेशको मुकाम विराटनगर, पाँच नम्बर प्रदेशको बुटवल र सात नम्बर प्रदेशको अस्थायी मुकाम कैलाली तोक्ने तयारी गरेको विरोधमा दाङ, धनकुटा र डोटीमा जनप्रदर्शन भइरहेको छ । सरकारले मुकाम तोक्ने बिषय अरु तीन घन्टाका लागि पर सारेको छ ।
सरकारले प्रदेश १ मा गोविन्द सुब्बा, २ मा उमाकान्त झा, ३ मा अनुराधा कोइराला, ४ मा बाबुराम कुँवर, ५ मा रत्नेश्वर लाल कायस्थ, ६ मा दुर्गाकेशर खनाल र ७ मा मोहनराज मल्ललाई प्रदेश प्रमुख नियुक्त गर्ने तयारी गरेको छ ।






