लन्डन । बुद्ध फाउण्डेशन यूकेले अध्यक्षमा दीपक श्रेष्ठ पुन निर्विरोध निर्वाचित भएका छन् । शनिबार सांझ गेसो हल प्लमस्टिडमा आयोजित पहिलो अधिवेशनले कार्यसमिति चयन गरिएको हो।
फाउण्डेशनको उपाध्यक्षमा क्रमशः एभरेष्ट गौतम, हरिस ज्ञवाली, सचिन श्रेष्ठ महासचिवमा अर्जुन कटुवाल सचिवमा सुरेन रुपाखेती, कोषाध्यक्ष राजन खकुरेल सहकोषाध्यक्ष धनराज मल्ल लगायत ११ जनाको नयाँ कार्यसमिति गठन भएको छ ।
त्यसैगरि, सदस्यहरुमा हयारी गुरुङ, जीवन सेन, महेन्द्र विक्रम कुंवर, निरन्जन खड्का, विकास नेपाल, बर्मा खनाल, गणेश खड्का, मन्जु भट्ट, सूर्य गुरुङ र सिमी पुन चुनिए । अधिवेशनमा समाजसेवीहरु मोहन गुरुङ, श्रीचन्द्र गुरुङ, सुशील प्रजापति, सहदेव गिरी, कुमार श्रेष्ठ लगायत अतिथीहरुले शुभकामना मन्तब्य दिए ।
तदर्थ समितिले चुनाव गराउन पत्रकार फडिन्द्र भट्टराईको संयोजकत्वमा ३ सदस्यीय निर्वाचन मण्डल गठन गरिएको थियो । निर्वाचन समितिमा अर्क तिमिल्सिना तथा नरेन्द्र कंडेल रहेका थिए ।
फाउण्डेशनले यतिखेर कपिलवस्तुमा वुद्ध वृद्धाश्रम निर्माण गरिरहेको छ । संस्थाको गत वर्ष ट्राफलगर स्क्वायरमा भएको बुद्ध जयन्तीले विश्वभरका नेपालीको ध्यान खिचेको थियो ।
फाउण्डेशनले २१ जनवरी दिउसो उलवीचमा बुद्ध सम्वन्धि निशुल्क प्रवचन समेत गर्ने तयारी गरेको छ । फाउण्डेशनले विद्याधर आचार्य महायोगी श्रीधर राणा रिन्पोचेको विशेष आतिथ्यमा उक्त प्रवचन गर्न लागेको हो।
भिडियोमा हेर्नुस कसरि सम्पन्न भयो शिब भण्डारीले तयार पारेको स्थलगत रिपोर्ट—







