काठमाडौं– काठमाडौंस्थित ब्रिटिस काउन्सिलले लिने अंग्रेजी भाषा परीक्षामा प्रश्नपत्र ‘लिक’ गरेर चलखेल हुने गरेको खुलेको छ। प्रहरीले शुक्रबार यस्तो कार्यमा संलग्न १३ जनालाई पक्राउ गरेको छ। ब्रिटिस काउन्सिलकै कर्मचारीको मिलेमतोमा अघिल्लो दिन नै प्रश्नपत्र विद्यार्थीलाई बिक्री हुने गरेको खुलेको छ।
प्रहरीले लिक गरिएको प्रश्न र त्यसवापत लेनदेन भएको पैसा समेत बरामद गरेको छ। शनिबारका लागि तय भएको आइइएलटिएस परीक्षाको प्रश्नपत्र शुक्रबार नै गेस्टहाउसबाट प्रहरीले बरामद गरेको थियो।






