काठमाडौं– केन्द्र सरकारको नेतृत्वकर्ता दल एमालेमा मन्त्रीका आकांक्षी धेरै भएपछि पार्टी नेतृत्वलाई व्यवस्थापन गर्न समस्या भएको छ । आकांक्षीहरुको संख्या धेरै भएपनि यसबारे पार्टीले अहिलेसम्म कुनै निर्णय भने गरिसकेको छैन ।
सो पार्टीमा मन्त्री बनाइदिन भन्दै सांसदहरु दिनहुँजसो नेताका घरमा धाउने गरेका छन् । एमाले माओवादी सहमति अनुसार एमालेले जम्मा नौवटा मन्त्रालय पाउने सम्भावना छ । यसैभित्र पार्टीका गुटको पनि व्यवस्थापन गर्दा धेरै सिनियर नेताहरु नै यो पटक मन्त्री हुनबाट बन्चित हुने एक केन्द्रीय सदस्यले बताए । मन्त्रीका आकांक्षीहरु अध्यक्ष ओली र माधव नेपालको निवासमा दैनिकजसो पुग्ने गरेको प्रतयक्षदर्शीहरुले बताएका छन् ।
को–को हुन् मन्त्रीका आकांक्षी ?
१. भीम रावल
२. ईश्वर पोख्रेल
३. घनश्याम भुसाल
४.विष्णु पौडेल
५ प्रदिप ज्ञावली
६.सुरेन्द्र पाण्डे
७.योगेश भट्राई
८ भानुभक्त ढकाल
९ नारदमुनि राना
.१० शेरबहादुर तामाङ
११.भवानी खातुङ
१२ रघुवीर महासेठ
१३ पार्वत गुरुङ
१४ रविन्द्र अधिकारी
१५ रामकुमारी झाक्री
१६ कल्याणी खड्का
१७ जीवनराम श्रेष्ठ
१८ प्रेम आले
१९ विरोध खतिवडा
२० गणेश ठगुन्ना
२१ बसन्त लिम्बु
२२ बिन्दा पाण्डे






