लामिछानेलाई भारतको उच्च पदक

भारतीय राष्ट्रपति प्रणव मुखर्जीले नेपाल स्काउटका पूर्व प्रमुख एवम् विश्व स्काउटका एसिया–प्रशान्त क्षेत्रीय समितिका प्रथम उपाध्यक्ष श्रीराम लामिछानेलाई भारतीय स्काउटको सर्वाच्च पदकले विभूषित गर्नुभएको छ । राष्ट्रपति मुखर्जीले सोमबार नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा भारत स्काउट तथा गाइड्स एसोसिएसनको सर्वोच्च पदक सिल्भर एलिफेन्ट (चाँदीको हात्ती) बाट विभूषित गर्नुभएको हो ।
उहाँले नेपाल र विशेषगरी एसिया–प्रशान्त क्षेत्रमा नै स्काउटको विकासमा पु¥याएको योगदानको कदरस्वरुप सो सम्मान प्रदान गरिएको भारतीय स्काउटले जनाएको छ । सिल्भर एलिफेन्ट स्काउटको उच्च पदक हो र यो पदक पाउने उहाँ पहिलो नेपाली हुनुहुन्छ । उहाँले यसअघि पनि एसिया तथा प्रशान्त क्षेत्रका विभिन्न देशबाट यस्ता उच्च पदक प्राप्त गर्नुभएको छ ।