लण्डनमा राष्ट्रिय पोशाक मनाउने तयारी

जगन कार्की, लण्डन। सामाजिक संजाल प्रयोगकर्ताले अंग्रेजी महिनाको १ तारिखलाई नेपाली टोपी दिवसको रुपमा मनाउन थालेपछि कतिपयले अंग्रेजी क्यालेण्डरको नेपाली टोपीसंग कुनै साइनो नभएको र सबै नेपालीलाई नसमेटेको भन्दैं नेपाली राष्ट्रीय पोशाक दिवश मनाउने तयारी गरेका छन् ।

अहिले राष्ट्रिय एकताको खाँचो छ तराइमा मधेसी दाजुभाइहरुले लगाउने धोति देखि , हिमाली समुदायले लगाउने बक्खु , पहाडी समुदायको दौरा सुरुवाल सबैलाई बराबर सम्मान दिएर यस्तो पर्व मनाउन सके राष्ट्रिय एकताका प्रतिक पृथ्वी नारायण शाहको सम्मान पनि हुने र वहांको ४ जात ३६ बर्णको फुलबारी भन्ने उक्तिमा सार्थकताको झल्को दिन सकिने साथै उक्त दिन नेपाललाई प्रबर्धन गर्ने बिबिध सामग्री प्रस्तुत गर्न पनि सकिने हिमालयन फाउन्डेसनका अभियन्ताहरु बताउँछन् ।

११ जनवरी (पुष २७ गते) लाई राष्ट्रीय पोशाक दिवशको रुपमा मनाउन सकिन्छ । त्यो दिन सबैले आआफ्नो समूदायको वा मन परेको कुनैपनि समूदायको, आआफ्नो संस्कृति झल्किने परम्परागत पोशाकमा सजिएर फेसबुक टाइमलाइन वा अन्य सामाजिक सञ्जालमा आउन सकिन्छ । यसो गर्दा नेपाल भरि कति खाले पोशाक छन । कस्ता छन । कुन समूदायको हो भन्ने जानकारि हुन्छ ्र अझ आफूले लगाउने वा नलगाएपनि देखे जानेका विविध पोशाकबारे जानकारि पनि दिने हो भने ज्ञान र सूचनाको भण्डार फराकिलो हुन्छ । यो अर्थपूर्ण हुन्छ भन्दै बेलायतबाट पत्रकारत्रयहरु चिरन शर्मा , दधि सापकोटा र बाचस्पति रेग्मीले बहस सुरुगरेपछि हिमालयन फाउन्डेसनले औपचारिक रुपमा राष्ट्रिय पोशाक दिवसको आयोजना गरेको छ ।

टोपी त पुरुष हरुले मात्र लगाउने चलन छ महिलाहरुलाई पनि समेट्नु पर्ने सम्पूर्ण देशवासी जात , धर्म , बर्ण र लिङ्गका नेपालीहरुले आफ्नो देश महसुस गर्न सक्ने राष्ट्रिय एकता कायम गर्न सकिने पर्वको रुपमा राष्ट्रिय पोशाक दिवस मनाउन सकिने बताउँछन् ।

धोति , टोपी , फरिया , चौबंधी सबै एकै ठाउँमा अटाउने दिन भन्दै पत्रकार बिरेन्द्र श्रेष्ठले नेपालबाट नेपाली राष्ट्रिय पोषाक दिवसलाइ प्रबर्धन गर्न पहल गरिरहेको बताउँछन ।
यस्तै गैरआवासीय नेपाली संघका प्रवक्ता डा। हेमराज शर्मा टोपीको सम्मान गर्दा धोती, कछाड र बख्खुको पनि सम्मान गर्न विर्सन नहुने तर्क गरेका छन् ।

वास्तवमा पृथ्वी नारायण शाह एक राष्ट्रिय धरोहर हुन् उनि पहिचान र बहु भाषिक र संस्कृतिका पक्षधर थिए उनलाई राजावादी र मण्डले रास्ट्रवादीहरुले मात्र खोपीका देउता बनाउन कोसिस गरेर बिगतमा उनको अपमान भएको छ भन्दै यो प्रयास सराहनीय रहेको पत्रकार दिनेश परियार बताउँछन् ।

राम्रो पक्ष त यो निर्णयको स्वागत समाबेसी गणतन्त्र मान्ने पक्ष देखि राजाबादी , रास्ट्रबादी , महिलाअधिकार कर्मी, मधेसी देखि पहिचान पक्षधरपनि खुलेर समर्थन गर्दै लागेका छन् ।

यो अभियानको उदेस्य टोपी दिवसको बिरोध गर्नु नरहेर यसले समेट्न नसकेका आयामहरुलाई समेट्न लागिएको बताइएको छ ।

कार्यक्रमको आव्हान गरिनुमा कुनै राजनीतिक अभिस्ट नभएर संस्क्रिती भेष, भुषा प्रबर्धन गर्नु रहेकोले बिश्वभर छरिएर रहेका सबै नेपालीहरुलाई आआफ्नो संस्कृति झल्कने राष्ट्रिय पोशाक लगाएर मिले सम्म झन्डा पनि हातमालिएर सामाजिक संजालमा उपस्थिति जनाउन आव्हान गरिएको हिमालयन फाउन्डेसनका अभियन्ता बताउँछन् ।

हिमालयन फाउन्डेसन नेपालको बिबिध भाषा, संस्कृति , पहिचान , पर्यटन प्रबर्धन र सम्बर्धन गर्ने हेतुले स्थापना गरिएको संस्था हो ।