कोस्टारिकामा विमान दुर्घटना हुँदा १२ जनाको मृत्यु

कोस्टारिका। ल्याटिन अमेरिकी मुलुक कोस्टारिकामा विमान दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ ।

मृत्यु हुने मध्ये १० जना अमेरिकी पर्यटक छन् । मृत्यु हुने पाँच जना एकै परिवारका रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

गुआनाकास्ते प्रान्तको बेखुको पहाडी क्षेत्रमा विमान दुर्घटनामा परेको हो । दुर्घटनाको कारण खुल्न सकेको छैन ।(एजेन्सी)