लण्डन – बर्न्टओक नेपाली समाजले संस्थापक अध्यक्ष उदय गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।
शनिबार बर्न्टओकस्थित टेरिटोरियल आर्मी भवनमा संपन्न १३ औं वार्षिक साधारणसभामा संस्थाका महासचिव मोहनजंग गुरुङले संस्थाको वार्षिक कार्यप्रगति विवरण प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष ज्ञान गुरुङले आयव्यय विवरण प्रस्तुत गर्नुभएको थियो। त्यस्तै उपाध्यक्ष टेकमान गुरुङले विधान संशोधन, आमा समूहकी संयोजक श्रीमती कमला गुरुङ, मिडिया कोअर्डिनेटर भगीरथ योगी तथा नेपाली कक्षाका संयोजक बसन्त सिलवालले पनि आआफ्नो प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो।
त्यसपछि निर्वाचन कमिटिकोतर्फबाट वर्ष २०१८-२०२० कालागि सर्वसंमतरुपमा निर्वाचित नयाँ कार्यसमितिको नाम पढेर सुनाइएको थियो। जसअनुसार अध्यक्ष उदय गुरुङ, उपाध्यक्षमा विष्णु गुरुङ, भोला पनेरु सचिव, प्रेमराज गुरुङ सहायक सचिव, नवीन गुरुङ कोषाध्यक्ष, नन्द गुरुङ सहायक कोषाध्यक्ष, उमेश खडका सांस्कृतिक सचिव र भगीरथ योगी मिडिया कोअर्डिनेटर निर्वाचित हुनुभएको छ। त्यसैगरी मोनकुमार गुरुङ वरिष्ठ सदस्य प्रतिनिधि, बसन्त सिलवाल नेपाली कक्षा/ एनएलसिसि प्रतिनिधि, श्रीमती दुर्गा गुरुङ इसोल कोअर्डिनेटर निर्वाचित हुनुभएको छ। त्यसैगरी सदस्यहरुमा काशीराज बोहरा, राजन फुयाल, मोमकाजी गुरुङ, ढक राना, ठोकराज गुरुङ, सुमन प्रधान, महेन्द्र गुरुङ, बिगेन्द्र गुरुङ र सिद्दी गुरुङ रहनुभएको छ।
साधारणसभाले आमा समूहको अध्यक्षमा श्रीमती मन्जु गुरुङ, उपाध्यक्ष दिलमाया गुरुङ, महासचिव सपना खनियाँ, सहायक सचिव नीलम गुरुङ, कोषाध्यक्ष पार्वती गुरुङ, सहायक कोषाध्यक्ष दुर्गा गुरुङ, सांस्कृतिक सचिव बिनु गुरुङ, सहायक सांस्कृतिक सचिवमा हेलिशा गुरुङ सर्वसंमतरुपमा निर्वाचित हुनुभएको छ।
त्यस्तै साधारण सभाले ११ सदस्यीय सल्लाहकार समिति पनि गठन गरेको छ। सो अवसरमा बोल्दै पूर्व अध्यक्ष लक्ष्य गुरुङले समाजले बार्नेट काउन्सिलद्वारा आयोजित बहुसांस्कृतिक परेडमा भाग लिनुकासाथै दशैं, तिहार, लोसार, तीजजस्ता पर्वहरु उत्साहका साथ मनाउँदै आएको बताउनुभयो।
नवनिर्वाचित अध्यक्ष उदय गुरुङले समाजलाई अघि बढाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिंदै आगामी दिनमा पनि सकृय सहयोगकालागि आग्रह गर्नुभयो।






