शिब भण्डारी लन्डन– एनआरएनए यूकेले दुई वर्षे च्यारिटी कार्यक्रम सार्वजनिक गरेको छ । एनआरएनए यूकेको नयाँ कार्यसमितिको १ सय दिन पुगेको अवसरमा अल्डरसटमा आयोजित कार्यक्रममा उपाध्यक्ष एवं च्यारिटी विभाग संयोजक प्रेम गाहा मगरले च्यारिटी कार्यक्रमको विस्तृत विवरण प्रस्तुत गरेका हुन् ।
उनले आगामी २०१८ र २०१९ मा हुने विभिन्न च्यारिटी कार्यक्रमको विवरण प्रस्तुत गरेका हुन् । उपाध्यक्ष एवं च्यारिटी विभाग संयोजक प्रेम गाहा मगरका अनुसार पहिलो कार्यक्रम बक्सिङ शो सहित आगामी २०१८ मार्च ३१ मा हुनेछ ।
दोस्रो कार्यक्रम १ सेप्टेम्बरका दिन घाइते गोर्खा भेट्रान र सेवारत गोर्खाहरुबीच एनआरएनए यूके एनसीसी एवं एनआरएनए आइसीसी च्यारिटी डिनर गर्ने उल्लेख छ ।
३१ डिसेम्बर २०१८ का दिन एनआरएनए यूके न्यू इयर इभ पार्टी आयोजना गरिने कार्यक्रम छ भने नेपाली नयां वर्ष २०७६ का अवसरमा आगामी १३ अप्रिल २०१९ मा एनआरएनए यूके नेपलिज न्यू इयर इभ गर्ने लक्ष्य राखिएको छ ।
कार्यक्रमको विस्तृत विवरण निम्नअनुसार रहेको छ –
नेपालीका लागी नेपाली Non-Resident Nepali Association (NRNA UK) (National Coordination Council – UK) गैरआवासीय नेपाली संघ, यु.के.
आदरणीय एनआरएनए यूके कार्यसमिति साथीहरु,
म एनआरएनए यूकेको उपाध्यक्ष एवं च्यारिटी कोअर्डिनेटर भएका नाताले आगामी २ वर्ष (२०१८, १९) भित्र गर्ने च्यारिटी इभेन्टस योजनाबारे अवगत गराउन चाहन्छु । कृपया हरेक इभेन्टहरु च्यारिटी डिनरसहित हुने छ ।
१. आगामी ३१ मार्च, २०१८ का दिन बक्सिंग शो सहित एनआरएनए यूके च्यारिटी डिनर हुनेछ । उक्त कार्यक्रम आपतकालिन कल्याण कोष अभिवृद्धिका लागि गर्ने सोच बनाइएको हो । च्यारिटी नेपाल र बेलायतका नेपालीलाई अत्यावश्यक सहायता प्रदान गर्ने योजना मुताबिक हुनेछ । उक्त आपतकालिन कोष प्राकृतिक विपत्ति, स्वास्थ्य उपचार वा अन्त्यष्टि अथवा अन्य मानवीय सहायताका लागि खर्च गरिनेछ ।
२. त्यसैगरि, १ सेप्टेम्बरका दिन घाइते गोर्खा भेट्रान र सेवारत गोर्खाहरुबीच एनआरएनए यूके एनसीसी एवं एनआरएनए आइसीसी च्यारिटी डिनर गर्ने मेरो योजना छ । उक्त च्यारिटीमा अफगानिस्तान र अन्य युद्धका क्रममा घाइते भएका गोर्खा योद्धाहरु र सेवारत गोर्खाको सहभागिता रहनेछ । भिक्टोरिया क्रस, जर्ज मेडल र मिलिट्री क्रस अवार्ड विजेता च्यारिटीमा सहभागी हुनेछन् । उक्त च्यारिटी डिनर समारोहमा गोर्खा अभियन्ताहरुको सारगर्भिक मन्तव्य र सांगीतिक कार्यक्रम थप आकर्षण हुनेछ ।
३. आगामी ३१ डिसेम्बर २०१८ का दिन एनआरएनए यूके न्यू इयर इभ पार्टी गरिनेछ । यस च्यारिटी इभेन्टमा मौलिक नेपाली सांगीतिक कार्यक्रम प्रस्तुति र बेलायतस्थित सबै जातजातीको प्रतिनिधित्व गराउने सोच छ । उक्त कार्यक्रम मिडल्याण्डमा गर्ने मेरो लक्ष्य छ ।
४. त्यसैगरि, नेपाली नयां वर्ष २०७६ का अवसरमा आगामी १३ अप्रिल २०१९ मा एनआरएनए यूके नेपलिज न्यू इयर इभ गरिनेछ । सो कार्यक्रम नेपाली संगीत क्षेत्रका दिवंगत तथा अहिले क्रियाशिल धरोहरप्रति समर्पित गर्दै लाइभ कन्सर्टका साथ गरिनेछ ।
यस अलवा सन् २०१८ को सेप्टेम्बर अन्तिम वा अक्टोबरको शुरुवाततिर एनआरएनए यूकेको आयोजनामा नेपाल आइडल २०१८ शो गर्ने योजना छ । यसबारे म भविष्यमा थप अपडेट गराउनेछु तर यो च्यारिटी डिनर हुनेछैन् ।
तपाईंकै प्रेम गाहा मगर उपाध्यक्ष एवं संयोजक च्यारिटी विभाग, एनआरएनए यूके ।Prem Gaha Magar Vice President and co-ordinator, Charity Department, NRNA UK Email: premgahamgr@gmail.com Tel: 0044 78335 07666






