जनताले दिएको जिम्मेवारी पूरा गर्नेछु”

g]skf -Pdfn]_sf cWoIf s]kL zdf{ cf]nLnfO{ pxfFs} lgjf; afnsf]6df awfO{ tyf z'esfdgf lbb} g]kfnL rnlrqsf gfos /fh]z xdfn . tl:a/ M /d]z lu/L, eQmk'/, /f;;

भक्तपुर- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देश र जनताले आफूलाई गरेको विश्वास र दिएको जिम्मेवारीबाट विमुख नहुने बताउनुभएको छ ।

बधाई तथा शुभकामना दिन आज ओली निवास बालकोटमा पुग्नुभएका नेपाली चलचित्रका चर्चित नायक राजेश हमालसँग कुरा गर्दै उहाँले राष्ट्रियताको अडानले आम नेपालीलाई उत्साहित बनाउँदै आफूलाई दिएको जिम्मेवारी पूरा गर्ने बताउनुभयो ।

ओलीले भन्नुभयो, “जनता र देशले मलाई जुन विश्वास र जिम्मेवारी दिएका छन् त्यसलाई म कुशलतापूर्व निर्वाह गर्नेछु, देश र जनताका निम्ति मैले निर्वाह गरेको भूमिकाबाट कसैलाई पनि पछुतो हुने छैन ।”

अध्यक्ष ओलीले चलचित्र नायकहरुले चलचित्रको अभिनयमा मात्र सीमित नभई देश बनाउनका लागि पनि भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।

नायक राजेश हमालले आगामी सरकारको नेतृत्व गरेर देशलाई स्थिरता, शान्ति र विकासको महायात्रामा अगाडि बढाउनु पर्ने भन्दै शुभकामना दिनुभयो । देशका लागि आवश्यक पर्दा आफू जुनसुकै सहयोग गर्न तयार रहेको हमालले बताउनुभयो ।