पोखराबाट जोमसोम उडेको तारा एयरको जहाज सम्पर्कविहीन

tara airकाठमाडौं- पोखरबाट जोमसोमको लागि उडेको कल साइन 9NAHH भएको तारा एयरको जहाज सम्पर्कबिहीन भएको छ । पोखरा विमानस्थलबाट बुधबार बिहान ७ बजेर ४७ मिनेटमा जोमसोमको लागि उडेको जहाज सम्पर्कविहीन भएको हो।

नेपाल प्रहरीको उच्च स्रोतका अनुसार जहाजमा जम्मा २० जना सवार थिए । जसमा चालकदलका तीन सदस्य र १७ जना यात्रु थिए ।

ताराले पनि जहाज हराएको जानकारी आएको बताएको छ ।